शीर्षकहरू

प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक

प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेले सत्ता समीकरण बनाएपछि संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक माओवादी पदाधिकारी बैठक बोलाएका छन् ।

दाहालले बिहान ९ बजे बालुवाटारमा  बैठक बोलाएका छन् । 

पदाधिकारी बैठकमा राजीनामा दिने विषयमा छलफल हुनसक्ने बताइएको छ । 

नेकपा एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । एमाले अध्यक्ष ओलीले साँझसम्म संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दावी पेस गर्ने तयारी गरेका छन् ।

मध्यराति साढे १२ बजे तत्काल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर नयाँ सरकार बनाउनेगरी दुई दलबीच सहमति भएको थियो । एमालेले प्रधानमन्त्रीसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिनेगरी दुई नेताबीच सहमति भएको छ ।

यस्तै कोशी, लुम्बिनी र कर्णालीमा एमाले र बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसले नेतृत्व गर्ने तथा मधेश मधेशवादी दललाई दिने सम्झौता भएको छ ।