शीर्षकहरू

आज कुन विदेशी मुद्राको मूल्य कति?

आज कुन विदेशी मुद्राको मूल्य कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । आज अधिकांश मुद्राको सटही दर बढेको छ ।

आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा छ । बितेका तीन दिनमा अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको थियो ।

यस्तै आज युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ ।  सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा रहेको थियो ।

यसैगरी आज बेलायती पाउन्ड स्टर्लिङको मूल्य पनि बढेको छ । सोमबार एक पाउन्डको खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८ पैसा रहेकोमा आज खरिददर  १६८ रुपैयाँ ८० पैसा र बिक्रीदर १६९ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर