शीर्षकहरू

नयाँ सत्ता समीकरण, यी हुन् कांग्रेस-एमालेबीच भएका सहमति

नयाँ सत्ता समीकरण, यी हुन् कांग्रेस-एमालेबीच भएका सहमति

काठमाडौं । सोमबार मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरणका लागि सम्झौता भएको छ । मध्यराति साढे १२ बजे तत्काल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर नयाँ सरकार बनाउने सहमति भएको हो ।

सहमतिअनुसार आजै बहुमत सदस्यको हस्ताक्षरसहित संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश गर्ने तयारी गरिएको छ । जसअनुसार ‌ओली र देउवा दुवै मध्यराति सहमतिपछि शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका थिए ।

मध्यराति मुख्यत: निम्न बुँदामा सहमति भएको छ
१ ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार । ओली दुई वर्ष प्रधानमन्त्री, चुनावी सरकारको नेतृत्व देउवाले गर्ने
२ एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय राख्ने
३ कोशी, लुम्बिनी र कर्णालीमा एमालेको सरकार तथा बाग्मती,गण्डकी र सुदुरपश्चिममा कांग्रेसको सरकार । मधेश मधेशवादी दललाई दिने ।
४ पूर्वप्रधानन्याधीशको  कल्याण श्रेष्ठको संयोजकत्वमा संविधान संशोधनका लागि आयोग बनाउने
५ पालिकाको संख्या घटाएर वडाको बढाउने
६ प्रतिनिधिसभा र राष्ट्रिय सभामा सिट संख्या पुनर्विचार । प्रदेशसभामा समानुपातिको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्र राख्ने
७ राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपति