शीर्षकहरू

सिवाइसी लघुवित्तमा आर्थिक अनियमितता,  राष्ट्र बैंकलाई कर्मचारीले कारबाहीका लागि गुहारे

सिवाइसी लघुवित्तमा आर्थिक अनियमितता,  राष्ट्र बैंकलाई कर्मचारीले कारबाहीका लागि गुहारे

काठमाडौं । सिवाइसि लघुवित्त वित्तिय संस्थाका कर्मचारीले पनि निवर्तमान प्रबन्ध संचालक डोलेन्द्र शर्मा विरुद्द उत्रेका छन् । सिवाइसि लघुवित्त वित्तिय संस्थाका कर्मचारीले नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयमा उजुरी दिएका छन्। 

तत्कालिन प्रबन्ध संचालक शर्माले आफु पदमा नरहेको अवस्थामा पनि विभिन्न आरोप लगाएर आफुलाई अनुचित तरिकाले हटाएको भन्दै सिवाइसि लघुवित्तका राजविराज शाखा प्रमुख विवेक कुमार जैसवालले शर्मा विरुद्द उजुरी दिएको राष्ट्र बैंकले जनाएको छ। 

संचालक तथा प्रबन्ध संचालक पदबाट राजिनामा दिएर अहिले सामान्य शेयरधनीको हैसियत हुँदा पनि शर्मा संस्थाको शाखाको काम हस्तेक्षप गर्ने गरेको कर्मचारीहरुले राष्ट्र बंैंकमा लिएको उजुरीमा उल्लेख छ । 

शाखा प्रमुख जैसवालले शर्मामाथि आर्थिक अनियमितताको आरोप समेत लगाएका छन्। तालिम खर्च भनेर नयाँ कर्मचारीबाट प्रति व्यक्ति ४-५ हजार उठाएको तालिम खर्चको पैसा लघुवित्तको खाताबाट खर्चिएको, बहालवाला हुँदा ११-१५ प्रतिशत ब्याजमा कर्जा लिएका कर्मचारीलाई जागिर छाड्दा २५-३० प्रतिशत ब्याज तिर्ने सम्झौता गराएको कर्मचारीले आरोप लगाएका छन् । 

 ऋणी वा ऋणीको श्रीमानको मृत्यु भएमा कर्जा मिनाहा गर्नुपर्ने सुविधा नदीएको, अक्सफोर्ड पब्लिकेशन र साझा प्रकाशनका आफैले लेखेका किताबहरु शाखामा ल्याएर थनक्याइएको र त्यसको बिल भरपाई शाखाबाट गर्न लगाएको कर्मचारीको आरोप  छ । 

आफुले सिवाइसिमै जागिर पुनर्बहाली हुनुपर्ने उदेश्यले उजुरी दिएको नभई  अत्याचार र ज्यादती सहेर बसेका अरु कर्मचारीको हकहितको लागि नेपाल राष्ट्र बैंकमा प्रमाण सहित उजुरी दिएको जैसवालले उजुरी पत्रमा दावी गरेका छन्।