शीर्षकहरू

‘सम्पर्कविहीन भएको छैन तारा एअरको जहाज, बदनियतपूर्वक हल्ला फैलाइयो’

‘सम्पर्कविहीन भएको छैन तारा एअरको जहाज, बदनियतपूर्वक हल्ला फैलाइयो’

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन भन्ने हल्ला गलत भएको तारा एअरले जनाएको छ । तारा एअरले बदनियतपूर्वक सामाजिक सञ्जालमा यस्तो हल्ला फैलाइएको जनाएको छ । 

कम्पनीका अनुसार आज पोखराबाट जोमसोमका लागि तारा एअरको कुनै पनि विमान उडान भएको छैन । तारा एअरसँग भएका तीन वटा विमान काठमाडौं र  नेपालगन्जमा रहेका छन् ।  

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आज मिति २०८१/०३/१७ (जुलाई ०१, २०२४) सोमबार केही अनलाइन पत्रिका तथा गलत मनसायको व्यक्तिले बदनियतपूर्वक सामाजिक सञ्जालमा करिब मिति को समयमा तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्क विहीन भनी गलत समाचार तथा पोस्टहरू गरिएको पाइएकोले उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएकोले कृपया यस्ता गलत र भ्रमपूर्ण समाचार पछि नलाग्न सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गरिन्छ ।’