शीर्षकहरू

जुन महिनामा भित्रिए ७६ हजार विदेशी पर्यटक

जुन महिनामा भित्रिए ७६ हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को जुन महिनामा ७६ हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्यांअनुसार जुन महिनामा जम्मा ७६ हजार दुई सय ७३६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । 

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को जुनमा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२२ को सोहि अवधिमा ४६ हजार ९५७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विगतका महिनामा झैँ यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३७ हजार ८३५ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ४९४ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट आठ हजार २८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।