शीर्षकहरू

ट्राभल टिकेटिङ पोर्टल ‘ई–सेभेनस्टार डटकम’ सञ्चालन

ट्राभल टिकेटिङ पोर्टल ‘ई–सेभेनस्टार डटकम’ सञ्चालन

काठमाडौं । सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले अनलाइन ट्राभल एजेन्सी ‘ई–सेभेनस्टार डटकम’ को औपचारिक शुभारम्भ गरेको छ । आषाढ १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गर्दै यस अनलाइन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको हो । 

सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको हो । विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अबको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले आफ्नो ओटिए (अनलाइन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले बताए । 

लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको ‘ई–सेभेनस्टार डटकम’ मार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आफैँले काट्न सक्नेछन् । आवश्यक परेको खण्डमा २४सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् । अनलाइनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको छ । 

अब साना ट्राभल एजेन्सीले जिडिएस सिस्टम चलाउन सिक्नै नपर्ने भएको छ । सोही मूल्यमा सिधै ‘ई–सेभेनस्टार डटकम’ को बिजनेस टु बिजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई बेच्न सकिने अवस्था बनेको हो । सस्तो एअर फेयरका अलावा, प्रतिबद्ध ग्राहक सेवा र निरन्तरको विस्तारले सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले आफूलाई आम ग्राहकमाझ विश्वासिलो टिकेटिङ सेवा प्रदायकको छवि बनाउन सफल भएको कम्पनीको भनाइ छ ।