शीर्षकहरू

शहिदपार्कमा नर्सरी बाटिका उद्घाटन

शहिदपार्कमा नर्सरी बाटिका उद्घाटन

काठमाडौं । नर्सरी व्यवसायी संघद्वारा निर्मित गोकर्णेश्वर नगरपालिका ४ स्थित शहिदपार्क जगडोलमा  नर्सरी बाटिका उद्घाटन भएको छ । बाटिकाको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले त्रिफला र हर्राबर्रोको बिरुवा रोपेर  गरेकी हुन् । 

उद्घाटन गर्दै  मन्त्री शाहले स्वच्छ वातावरणको लागि वृक्षारोपण अभियान देशैभर सञ्चालन गर्न आवश्यक रहेको बताए । मन्त्री शाहले नर्सरी व्यवसायीसंघले बनाएको नर्सरी बाटिका वातावरण संरक्षणका लागि अत्यन्तै सह्रानीय कार्य रहेको बताइन् । भर्खरै सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको बताउँदै मन्त्री शाहले सुन्तलाको बजारीकरण गर्न लागिपरेको बताइन् । 

नर्सरी व्यसायी संघका अध्यक्ष राम्जी तिमिल्सिनाले नर्सरी व्यवसायको विकास र बिस्तार ,स्वच्छ वातावरण सहित आय र रोजगार भन्ने संघको नारानै रहेकाले स्वच्छ वातावरण संरक्षणका लागि यस्ता गतिविधिहरू गरिरहने बताए । गोकर्णेश्वर नगरपालिका ४ स्थित शहिदपार्क जगडोलमा झन्डै २ रोपनी जग्गामा विभिन्न जडीबुटी, फल बिरुवा लगायत ३ सय बढी बिरुवाहरू रोपेको संघले जनाएको छ ।