शीर्षकहरू

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेलमट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । साथै, हवाई
इन्धन र एल पी ग्यासको त्रिक्री भूल्य भने यथावत राखेको छ । 

 निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेकाले निगमले मूल्य समायोजन गरेको बताएको छ ।