शीर्षकहरू

अजय ढुंगानाको अध्यक्षतामा नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियन गठन

अजय ढुंगानाको अध्यक्षतामा नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियन गठन


काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको नयाँ कार्य समिति गठन भएको छ । असार १४ गते सम्पन्न यूनियनको सातौ अधिवेशनबाट अजय ढुङ्गानाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो । अधिवेशनको बन्दसत्रबाटै नौ जना उम्मेद्वारनै निर्वाचित भएका हुन । 

समितिका बरिष्ठ उपाध्यक्षमा गौरब विष्ट, उपाध्यक्षमा एलिजा फुुयाँल, सचिवमा नमुना जोशी, कोषाध्यक्षमा गौरब बराल र सदस्यहरूमा विनोद महर्जन, प्रशान्त राई , सुदीप घिमिरे र रविन्द्र देव भट्ट रहेका छन् । ललितपुरको हात्तिवन स्थित क्लासिक रेष्टुरेष्ट तथा पार्टी भेन्यूमा सम्पन्न यूनियनको सातौं अधिवेशनको उद्घाटन भने अर्थमन्त्रालयका सहसचिव तथा बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले गरेका थिए । गत पुस २० गतेपछि बोर्डमा अध्यक्ष पद रित्त रहेको छ । 

अर्थमन्त्रालयका प्रतिनिधिले हाल बोर्डको नेतृत्व सम्हालिरहेको अवस्थामा कर्मचारीहरूको यूनियनमा नयाँ कार्यसमिति चयन भएको हो । बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया लम्बिरहेका अवस्थामा अल्पकालिन काममा मात्र अर्थमन्त्रालयका प्रतिनिधिले भूमिका खेल्ने भएकाले जतिसक्दो चाडो अध्यक्ष पदपूर्तिका लागि सरकारले काम गर्नुपर्ने कर्मचारीहरूको माग रहेको छ । बोर्डको आफ्नै भवन नहुँदा बोर्डका कर्मचारीहरूको मनोबल बढ्न नसकेको गुनासो हुदैं आएकोमा आगामी नेतृत्वले बोर्डको आफ्नै भवन निर्माणका लागि पहल गर्ने विश्वास समेत कर्मचारीहरूको छ ।