शीर्षकहरू

३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक

३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि आवश्यक काम गर्न विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आइतवार कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश खालिङ्ग र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले विक्री प्रबन्धक नियुक्तीको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । 

एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९२ नामको प्रति ऋणपत्र एक हजार रूपैयाँ दरको ३० लाख इकाई निष्कासनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले अब समन्वयकाय भूमिका निर्वाह गर्नेछ । कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारण र १ अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख इकाई व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री हुनेछ । १० वर्षे अवधि रहने यो ऋणपत्रको ब्याजदर वार्षिक ७ दशमलव ५ प्रतिशत रहने र ब्याज रकम अर्धवार्षिक रुपमा भुक्तानी हुने जानकारी बैंकले दिएको छ ।