शीर्षकहरू

प्रतिनिधिसभाबाट आर्थिक, भन्सार महशुल र राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक, भन्सार महशुल र राष्ट्र ऋण उठाउने  विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएका छन् ।

सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०८१, भन्सार महसुल विधेयक २०८१ र राष्ट्र ऋण उठाउने विधेयक २०८१ बहुमतबाट पारित भएको हो ।
 
विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए ।
 
त्यसअघि ती विधेयकमाथि सांसद सुवाल र महतले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।