शीर्षकहरू

नेप्से निरन्तर ओरालो, आइतबार पनि घट्यो

नेप्से निरन्तर ओरालो, आइतबार पनि घट्यो

काठमाडौं । अघिल्लो साता पाँच दिनमा ३ दिन घटेर शेयर बजार दुई हजार ५० बिन्दुभन्दा मुनि पुगेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से दोहोरो अंकले घटेको छ ।

आज १४.८३ अंकले घटेर नेप्से परिसूचक दुई हजार ३७.०९ अंकमा पुगेर बजार बन्द भएको छ । बिहीबार नेप्से ८.२४ अंकले घटेको थियो ।

आज कारोबार रकम पनि घटेको छ । बिहीबार ३ अर्ब ६३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३ अर्ब ५१ करोड रुपैयाँमा कारोबार समेटिएको छ ।

आज १३ उपसमूहमध्ये वित्त र उत्पादन तथा प्रशोधन दुई उपसमूह बाहेक सबैको परिसूचक घटेको छ । आज सबैभन्दा बढी लघुवित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत घटेको छ भने जलविद्युत उपसमूहको परिसूचक ह्रास पनि १ प्रतिशतभन्दा बढी छ।

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ९.३० प्रतिशतले गुमाएका छन् । त्यसपछि साधाना लघुवित्तको ८.७७ र गणपति लघुवित्तको ५.७६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक ७.०६ प्रतिशत कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीको शेयर ५.७६ प्रतिशत बढेको छ ।

पछिल्लो समय जेठ ३१ गते एक्काइस सय बिन्दुभन्दा माथि अर्थात् दुई हजार ११२.२९ रहेको नेप्से त्यसयता निरन्तर घट्दै दुई हजार बिन्दुतर्फ ओ‌रालो लागेको छ ।