शीर्षकहरू

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ । असार ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाललाई नियुक्त गरेको छ ।

यसैगरी मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्नेगरी संजू प्रसाद जैसवाललाई सञ्चालकको रुपमा नियुक्त गरेको छ ।

सञ्चालक समितिमा सदस्यहरुको हेरफेरपश्चात् यस कम्पनीको हालको सञ्चालक समितिमा अध्यक्ष दिपक पाण्डेय, सञ्चालकहरू अनिल रेग्मी  र संजू प्रसाद जैसवाल तथा स्वतन्त्र सञ्चालकहरू महेश प्रसाद काफ्ले  र नैना नेपाल ढकाल  रहेका छन् ।