शीर्षकहरू

लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । ललितपुरको लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई आज सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा अध्यक्ष श्रेष्ठसहित प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधान रहेका छन् । सहकारीको रकम अपचलन गरेको यनीहरुमाथी आरोप रहेको छ । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यस सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको पाइएको छ । यसबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।