शीर्षकहरू

रुसी हमलापछि जेलेन्स्कीले मागे लामो दूरीसम्म हान्ने हतियार

रुसी हमलापछि जेलेन्स्कीले मागे लामो दूरीसम्म हान्ने हतियार

युक्रेनमा मिसाइल हमलामा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएपछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेरि एकपटक लामो दूरीका हतियारका लागि अपिल गरेका छन् ।

'हाम्रा शहरहरू र मानिसहरूले हरेक दिन रूसी आक्रमणहरूको सामना गरिरहेका छन्, तर हामी रूसी मिसाइल लन्चरहरू नष्ट गरेर यो समस्यालाई जित्न सक्छौं,' उनले सोसल मिडिया प्लेटफर्म टेलिग्राममा भनेका छन् । तर, यसका लागि युक्रेनलाई लामो दूरीका हतियार चाहिने भन्दै उनले उक्त हतियारका लागि अपिल गरेका छन् । यसका साथै आधुनिक वायु रक्षा प्रणाली पनि बढाउनुपर्ने उनको भनाइ छ ।

शनिबार रुसले युक्रेनी सहर भिन्यान्स्कमा मिसाइल प्रहार गर्दा ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूले यो जानकारी दिएका छन्। -बीबीसी