शीर्षकहरू

रोपारे ‘राइडर’ : बाइक कुदाउँदै, रोपाइँ गर्दै

रोपारे ‘राइडर’ : बाइक कुदाउँदै, रोपाइँ गर्दै

काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा रोयल इनफिल्डले वीरगञ्जदेखि ठोरीसम्मको राइड सम्पन्न भएको छ । बारा र पर्साका लागि रोयल इनफिल्डका आधिकारिक विक्रेता नोभस ब्रदर्स प्रालिले 'रोपाइँ राइड' गरेको हो ।

उक्त कार्यक्रम राष्ट्रिय धान दिवसको अवसरमा शनिबार बिहान ७:३० बजे वीरगंजस्थित रोयल इनफिल्ड शोरुमबाट ठोरीसम्म आयोजना गरिएको थियो । राइडमा करिब २५ जना सहभागीहरू रहेका थिए। यस राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्वलाई उजागर गर्दै कृषिको व्यवसायिक प्रवर्द्धन गर्ने टेवा पुगोस र कृषिमा आधुनिकरण रहोस् भनी जागरण गर्नु थियो।

ठोरीमा सबै राइडरहरूले रोपाइँ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइ बाइक प्रेमीहरूले रोमान्चक अनुभव बटुले ।