शीर्षकहरू

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

ललितपुर । भूकम्पबाट  भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले बताए । 

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए । 

महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ । ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गरेको प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन् ।