शीर्षकहरू

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा जारी

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर असार १६ गतेदेखि बिक्रीमा आएको छ । प्रतिकित्ता १६२ रूपैयाँ अंकित मूल्यमा कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असार २३ गते कार्यालय अवधिभित्र आवेदन पेश गर्नुपर्नेछ । यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर जारी गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूमा ३५ दिने सूचना जारी गर्दा बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो । 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको यी शेयर कम्पनीले बिक्री गर्न लागेको हो । तोकिएको अवधिभित्र न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन पेश गर्नुपर्नेछ । यी शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धकसँगै एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौं र शाखा कार्यालय विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा आवेदन दिनुपर्नेछ ।