शीर्षकहरू

दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुनको कति ?

दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुनको कति ?

काठमाडौं । आइतवार दुई कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी संस्थापक शेयर विक्रीमा ल्याएका छन् । लुम्बिनी विकास बैंक लिमिटेडले ४३ हजार २९९ कित्ता र नेशनल लाइफ इन्स्योरेन्सले २ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । 

विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीद गर्न इच्छुक भएमा आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । नेशनल लाइफ इन्स्योरेन्सको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा र लुम्बिनी विकास बैंक लिमिटेडको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय डिल्लिबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधित्रि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।