शीर्षकहरू

संस्थापकले नकिनेपछि कुमारी बैंकको शेयर सर्वसाधारणमा बिक्री खुला

संस्थापकले नकिनेपछि कुमारी बैंकको शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ हजार २११ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा जारी गरिएको हो । 

यी शेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदक कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । 

यी शेयरको विक्री मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।