शीर्षकहरू

सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा प्रदान गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो सुविधा दिने जानकारी गराएको हो । 

‘नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिबाट नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनामा सडक बत्ती जडान गरी विद्युत उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत महसुल बढीमा ६० (साठी) महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी ४५ दिनको सार्वजनिक सूचना जारी गर्ने भन्ने निर्णय भएको हुँदा सम्बन्धित स्थानीय तहहरूले यो सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिनुभई उक्त किस्ताबन्दीको सुविधा उपयोग गर्नुहुन जानकारीका लागि अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ ।