शीर्षकहरू

'राज्यको नीति नियम मान्दामान्दै पनि राज्यले दुःख दिने काम गर्‍यो'

'राज्यको नीति नियम मान्दामान्दै पनि राज्यले दुःख दिने काम गर्‍यो'

भैरहवा । गुणस्तरीय शुद्ध व्यापार र शिक्षा,  निरोगी र स्वस्थ्य हामी सबैको इच्छा भन्ने मुल नाराका साथ स्थापना भएको किराना तथा प्लास्टिक व्यवसायी संघ सिद्धार्थनगरले नयाँ सदस्य सम्मान कार्यक्रम गरेको छ । भैरहवामा असार १५ गते सदस्य सम्मान तथा दहि चिउरा खाने कार्यक्रम  गर्दै नयाँ सदस्यलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्यले राज्यले आफ्ना कार्यकर्ता पाल्न व्यवसायीहरुलाई अनावश्यक कर लगाउने र राजश्वको बहानामा व्यापारीलाई दुः ख दिएको बताए । उनले राज्यको नीति नियम मान्दा मान्दै पनि राज्य पक्षबाट दुःख दिने काम भइ रहे अब व्यवसायीहरु चुप लागेर बस्न नहुने बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले भैरहवाको गल्लामण्डी व्यापारको हब रहेको बताउँदै कर तथा भन्सार छलिका सामान खरिद तथा विक्रि नगर्न किराना व्यवसायीलाई अनुरोध गरे । भैरहवा वितरक संघका अध्यक्ष अभिनवमयुर कसौधनले राज्य हरेक वर्ष परिवर्तन गर्ने नियमले समस्या भएको बताउँदै व्यवसायीहरु एकजुट भएर लागे व्यवसाय गर्न सहज हुने बताए ।

कार्यक्रम संघका अध्यक्ष टंक पौडेलको अध्यक्षता र सचिव झबिन्द बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । किराना तथा प्लाष्टिक व्यवसायी संघले गरेको कार्यक्रमको सौजन्य हेमन्त जोसीले गरेका थिए ।