शीर्षकहरू

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनियमदर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनियमदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ४८ पैसा र बिक्रीमा १४३ रूपैयाँ १२ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६८ रुपैयाँ ३४ पैसा रहेको छ भने विक्रीदर १६९ रुपैयाँ १० पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८ रूपैयाँ ३२ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २२ पैसा र बिक्रीदर २८ रूपैयाँ ३५ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ९० पैसा र बिक्रीदर ४३५ रूपैयाँ ८५ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७० पैसा तोकिएको छ ।