शीर्षकहरू

कमेडी च्याम्पियनको ग्रान्ड फिनाले शनिबार, विजेताले ३९ लाखको नेटा भी कार पाउने

कमेडी च्याम्पियनको ग्रान्ड फिनाले शनिबार, विजेताले ३९ लाखको नेटा भी कार पाउने

काठमाडौं । यसपालिको कमिडी च्याम्पियन ग्राण्ड फाइनल बिजेताले सिजी मोटर्स अन्तर्गतको नेटा भी पाउने भएका छन् । कम्पनीले दिएको जानकारी अनुसार कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेताले सो गिफ्ट पाउनेछन् । 

नेपालकै पहिलो मौलिक हाँस्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ को फाइनलमा ऋषभ काफ्ले, सुनिल खड्का र चाइल्ड कमेडियन सुयशा खनाल पुगेका छन् । आउने शनिबार अर्थात् असार १५ गते काठमाडौंको मूलपानीस्थित कमेडी च्याम्पियन्सको आफ्नै स्टुडियोमा अपरान्ह ४ बजेदेखि फिनाले सुरू हुनेछ। फिनालेमा उत्कृष्ट ३ फाइनलिस्ट मध्येबाट एकजना विजेता घोषणा गरिनेछ। 

कमिडी च्यापियनको ग्राण्ड फाइनल विजेतालाई प्रदान गरिने निटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो। क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने निटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरु माझ निकै लोकप्रिय रहेको छ ।

कारको मूल्य करिब ३९ लाख अर्थात् ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्ता निटा भीका मुख्य विशेषता 
ब्याट्री– निटा भीमा विश्वकै नवीनतम ब्याट्री प्रयोग गरिएको छ जसले उच्चतम क्षमताको प्रदर्शन गर्छ। यो ब्याट्रीमा हिटिङ तथा कुलिङको व्यवस्थासहितको थर्मल म्यानेजमेन्ट सिस्टम रहेको छ।

कारको बडी– निटा भीको बडीमा हाइ टेनसिल स्टिल प्रयोग गरिएको छ। कारको बाह्य बडीको ६३ हिस्सा बनाउन सोही स्टिलको प्रयोग गरिएको छ। यो शक्तिशाली स्टिलले कारमा यात्रारत यात्रुलाई थप सुरक्षित बनाएको छ। शक्तिशाली हुनुका साथै यो स्टिल हलुकासमेत छ। विद्युतीय कारमा जति हलुका बडी संरचना भयो कारले त्यति नै धेरै माइलेज दिन्छ। 

कारकै तौल धेरै भएमा त्यसलाई तान्न धेरै शक्ति खर्च हुन्छ। तर निटा भीको ६३ प्रतिशत बडी हाइ टेनसिल स्टिलबाट बनेकाले यो कार सुरक्षित र धेरै माइलेज दिन्छ। हाइ टेनसिल स्टिल टेस्लाका कार र निटाका कारमा मात्र प्रयोग हुँदै आएको छ। 

च्यासिस– निटा भी कार प्योर ईभी च्यासिसमा निर्माण गरिएको हो। प्योर ईभी प्लेटफर्ममा उत्पादन भएको निटा भी कारमा पर्याप्त स्पेस उपलब्ध रहेको छ। जसले कार चलाउँदा आरामदायी महसुस गराउँछ।एक्सटर्नल पावर– निटा भी कारमा ३।३ किलोवाट क्षमताको भेहिकल टू लोड एक्सटर्नल डिस्चार्ज फंसन पनि उपलब्ध छ। यो विशेषताले निटा भीबाट अन्य कार तथा घरायासी विद्युतीय उपकरणमा चार्ज गर्न सकिन्छ।

रेन्ज– निटा भीमा प्रयोग भएको ३८।५ किलोवाट आवर लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। त्यस्तै यो ब्याट्र शून्यबाट ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेट मात्र लाग्छ। 

ग्राउन्ड क्लियरेन्स– नेपालको बाटोका लागि अलिक बढी ग्राउन्ड क्लियरेन्स भएको कार खोजिन्छ। क्रसओभर सेगमेन्टको निटा भी विद्युतीय कारमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। यो सेगमेन्टमा निटा भीको क्लियरेन्स पर्याप्त हुने कम्पनीको भनाइ छ। 

वारेन्टी– सीजी मोटरले निटा भीको ब्याट्री तथा मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ। विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको निटा भी विद्युतीय कार निक्कै आकर्षक र विशेषताले भरिएको छ। 

ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ।

नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।