शीर्षकहरू

सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य

सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं । सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र चाहिने बनाएको छ । घर जग्गाको कारोबार, सामाजिक सुरक्षा कोष, बैकिङ तथा वित्तीय कारोबार, टेलिफोन, सिमकार्ड सेवा लिनका लागि परिचय पत्र अनिवार्य चाहिने भएको हो ।

आउदो साउनबाट नै राजश्व सम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरण सेवामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने भएको छ। परिचय पत्र तथा पञ्जिकरण विभागले केहि समय अघिमात्रै सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र निवृत्तिभरणमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । विभागका अनुसार सेवामा एकरुपता ल्याउन अब विस्तारै अन्य सेवाहरुमा समेत परिचय पत्र अनिवार्य गर्न लागिएको हो ।