शीर्षकहरू

स्विट्जरल्याण्डले बनायो ‘मानव मस्तिष्क’ जडित विचित्रको कम्प्युटर

स्विट्जरल्याण्डले बनायो ‘मानव मस्तिष्क’ जडित विचित्रको कम्प्युटर

एजेन्सी। "फाइनल स्पार्क" नामक स्विट्जरल्याण्डको एउटा कम्पनीले विचित्रको हाइब्रिड बायोकम्प्यूटर निर्माण गरेको छ । यो कम्प्युटरमा ल्याबमा निर्मित मानव मस्तिष्कलाई परम्परागत इलेक्ट्रोनिक सर्किटसँग जोडिएको छ।

यो नयाँ कम्प्युटरले सामान्य कम्प्युटरको तुलनामा असाधारण ऊर्जा बचत गर्छ। तर, एउटा ठूलो समस्या भने छ। त्यो के भने प्रयोगशालामा बनाइएका लघु मानव मस्तिष्क थकित हुँदै र मर्दै जान्छ। त्यसैले वैज्ञानिकहरूले तिनीहरूलाई प्रतिस्थापन गर्न नयाँ मस्तिष्कहरू बढाउँदै लैजानुपर्छ।

मानव छालाको भित्री पत्रबाट निकालिएका स्टेम कोषहरूबाट गोलाकार मस्तिष्क "अर्गनोइड्स" सिर्जना गर्न प्रयोग गरिन्छ जुन सो कम्प्युटर प्रणालीमा निर्भर हुन्छ। धेरैलाई लाग्न सक्छ कि यो एक विज्ञान कथा चलचित्रमा झैँ गरिएको एक कोरा कल्पना हो। तर यो वास्तवमा बनिरहेको छ।

फाइनल स्पार्कका वैज्ञानिकहरूले आफ्नो हाइब्रिड कम्प्युटरलाई "न्यूरोप्लेटफर्म" भनिरहेका छन्। समाचार रिपोर्टहरूमा के दाबी गरिएको छ भने यसले "परम्परागत सेटअपलाई चलाउन आवश्यक ऊर्जाको एक अंश" मात्र प्रयोग गर्दछ।

यसमा  चिप्सको सट्टा कम्प्युटरले काम गर्न मानव मस्तिष्कको सानो संस्करण प्रयोग गर्दछ। कम्पनीले यसमा  १६ मिनी-ब्रेनलाई न्युरोप्लेटफर्ममा फिट गर्न सकिने र परम्परागत सेटअपलाई चलाउन गर्न आवश्यक ऊर्जाको एक अंश प्रयोग गर्ने बताएको छ।

यो "ब्रेकथ्रु" लाई ऊर्जाको एक विशाल मात्रा बचत गर्ने तरिकाको रूपमा स्वागत गरिएको छ। तर न्युरोप्लेटफर्म चलाउन बनाइएका प्रयोगशालामा विकसित मानव मस्तिष्कको बारेमा के हुन्छ?

यसमा जडित १६ वटा मिनी-ब्रेनहरू मध्ये प्रत्येक लगभग १० हजार जीवित न्यूरोन्सहरू मिलेर बनेको छ। तिनीहरूका   कोशिकाहरूका लागि आवश्यक पानी र पोषक तत्त्वहरू आपूर्ति गर्ने माइक्रोफ्लुइडिक्स प्रणालीद्वारा जीवित राखिन्छ। हाल यस्ता ब्रेनहरू सय दिनसम्म जीवित राखेर त्यसलाई काम लगाउन वैज्ञानिकहरू सफल भएका छन् ।