शीर्षकहरू

सानिमा ग्रोथ फण्डको नाफा जेठ मसान्तसम्म साढे ४ करोडभन्दा बढी

सानिमा ग्रोथ फण्डको नाफा जेठ मसान्तसम्म साढे ४ करोडभन्दा बढी

काठमाडौं । सानिमा ग्रोथ फण्डले जेठ मसान्तसम्म ४ करोड ५० लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ । वैशाख मसान्तसम्म योजनाले २ करोड ८० लाख रूपैयाँभन्दा बढी नाफा गरेको थियो ।

जेठमा योजनाको जम्मा आम्दानी बढेसँगै नाफा बढेको हो । वैशाख मसान्तसम्म ३ करोड ८५ लाख रूपैयाँ रहेको योजनाको जम्मा आम्दानी जेठ मसान्तसम्म ५ करोड ६७ लाख रूपैयाँभन्दा बढी रहेको छ । 

खर्च पनि बढेको छ । वैशाख मसान्तसम्म १ करोड ५ लाख रूपैयाँभन्दा बढी खर्च गरेको योजनाले जेठ मसान्तसम्म १ करोड १७ लाख रूपैयाँभन्दा बढी खर्च गरेको छ । २०९० साल मंसिर १० गते परिपक्व हुने यस योजनाले ४९ करोड १२ लाख रूपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । बैंक मुद्दती निक्षेपमा योजनाले ८ करोड रूपैयाँ लगानी गरेको छ ।  

बैंक मुद्दती निक्षेप सहित कम्पनीको धितोपत्रमा भएको लगानीको बजारमूल्य ५८ करोड ६७ लाख रूपैयाँभन्दा बढी रहेको छ । वैशाख मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ६९ पैसा रहेकोमा जेठ मसान्तसम्म १० रूपैयाँ ९४ पैसा कायम भएको छ । योजनाले ६ करोड ७२ लाख ५३ हजार २६० इकाई जारी गरेको थियो ।

जेठ मसान्तसम्म योजनको खुद सम्पत्ति भने ७३ करोड ५७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।