शीर्षकहरू

सानिमा लार्ज क्याप फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य जेठमा बढ्यो

सानिमा लार्ज क्याप फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य जेठमा बढ्यो

काठमाडौं । सानिमा लार्ज क्याप फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य वैशाखको तुलनामा जेठमा बढेको छ ।

वैशाख मसान्तसम्म ९ रूपैयाँ ६२ पैसा रहेको योजनाका प्रति इकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म ९ रूपैयाा ९६ पैसा कायम भएको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड इकाई जारी गरेको थियो ।

धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म धितोपत्रमा गरेको लगानी मूल्य धितोपत्र दलाल कमिसन सहित १ अर्ब १३ करोड रूपैयाँभन्दा बढी रहेको छ । बैंक मुद्दती निक्षेपमा १२ करोड रूपैयाँ लगानी गरेको योजनाको लगानीको बजारमूल्य बैंक मुद्दती निक्षेपमा भएको लगानी समेत १ अर्ब ७ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

जेठमा योजना नाफामा रहेको छ । वैशाख मसान्तसम्म १ करोड ८८ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजनाले जेठ मसान्तसम्म २ करोड १९ लाख रूपैयाँभन्दा बढी नाफा गरेको हो । वैशाख मसान्तसम्म ११ लाख ९० हजारभन्दा बढी ऋणात्मक रहेको योजनाको जम्मा आम्दानी जेठ मसान्तसम्म ४ करोड १४ लाख रूपैयाँभन्दा बढी रहेकोछ ।

जेठ मसान्तसम्म योजनाले १ करोड ९५ लाख रूपैयाँभन्दा बढी खर्च गरेको छ ।