शीर्षकहरू

युनाइटेड अजोड इन्स्योरेन्सका लागि हकप्रद निष्कासनको बिक्री प्रबन्धक सनराइज क्यापिटल

युनाइटेड अजोड इन्स्योरेन्सका लागि हकप्रद निष्कासनको बिक्री प्रबन्धक सनराइज क्यापिटल

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

गत जेठ ३१ गते विशेष साधारण सभामार्फत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले असार ११ गते बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्त भएसँगै अब कम्पनीको हकप्रद शेयर निष्कासका लागि आवश्यक समन्वय गर्नेछ । 

कम्पनीले हाल कायम रहेको चुक्तापूँजी २ अर्ब १० करोड रूपैयाँको आधारमा १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रूपैयाँ कायम हुनेछ ।

कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ । कम्पनीलाई अझै ८ करोड ५० लाख रूपैयाँ पूँजी अपुग हुन्छ ।

थप पूँजी बोनस शेयरमाफृत् वृद्धि गर्न सक्नेछ ।