शीर्षकहरू

जेठमा सानिमा इक्विटी फण्डको नोक्सानी ४ करोडभन्दा बढीले घट्यो

जेठमा सानिमा इक्विटी फण्डको नोक्सानी ४ करोडभन्दा बढीले घट्यो

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड जेठ मसान्तसम्म २ करोड ३० लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ ।

वैशाख मसान्तसम्म ६ करोड ६५ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजनाले ४ करोड ३५ लाख रूपैयाँभन्दा बढी नोक्सानी कम गरेको हो । २४ लाख ६३ हजार रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाले २ करोड ५४ लाख रूपैयाँभन्दा बढी जेठ मसान्तसम्म खर्च गरेको छ ।

जेठमा योजनाको जम्मा आम्दानी सकारात्मक बनेको हो । वैशाख मसान्तसम्म योजनाको जम्मा आम्दानी ४ करोड ३४ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको थियो । जेठमा योजनाको प्रति इकाई खुद मूूल्य वैशाखको तुलनामा बढेको छ । वैशाख मसान्तसम्म १० रूपैयाँ ७८ पैसा रहेको योजनाको प्रति इकाई खुद मूल्य जेठ मसान्तसम्म ११ रूपैयाँ ११ पैसा कायम भएको हो ।

धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म ९४ करोड ८० लाख रूपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । बैंक मुद्दती निक्षेपमा योजनाले १७ करोड रूपैयाँ लगानी गरेको छ ।

बैंक मुद्दती निक्षेपसहित योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य १ अर्ब २२ करोड रूपैयाँभन्दा बढी रहेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकतिको योजनाले १३ करोड इकाई जारी गरेको थियो । योजनाको खुद सम्पत्ति जेठ मसान्तसम्म १ अर्ब ४४ करोड रूपैयाँभन्दा बढी छ ।