शीर्षकहरू

कमला नदीको बहाब सतर्कता नजिक, ९ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको सम्भावना

कमला नदीको बहाब सतर्कता नजिक, ९ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ ।

मनसुनका कारण देशभर बाढी र पहिरोको बिपत्ति देखिन थालेको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहानाको मापनअनुसार कमला नदीमा बहाब बढ्दो तथा सतर्कता नजिक रहेको छ ।

कोशी, नारायणी, कणााली, महाकाली, बबई, पश्चिम राप्ती, कन्काई, बागमती, पश्चिम राप्ती र यसका सहायक नदीहरुको बहाब सतर्कताभन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेको छ । आज उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लमजुङ, कास्की, पर्वत,तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहन स-साना नदीहरुमा बहाब बढ्ने तथा केही स-सान नदीमा आकश्चस्मिक बाढीको जोश्चिम रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।