शीर्षकहरू

अमेरिकी डलर र युरो झर्दा पाउण्ड स्टर्लिङ माथि उक्लियो

अमेरिकी डलर र युरो झर्दा पाउण्ड स्टर्लिङ माथि उक्लियो

 काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसा पुगेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा थियो ।

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ७२ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३७ पैसा छ । बुधबार युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५९ पैसा थियो । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६९ रुपैयाँ ०० पैसा रहेको छ भने विक्रीदर १६९ रुपैयाँ ७७ पैसा रहेको छ । मंगलबार पाउण्ड स्टर्लिंग एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर १६९ रुपैयाँ ४७ पैसा रहेको थियो । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८ रूपैयाँ ३९ पैसा रहेको छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३१ पैसा र बिक्रीदर २८ रूपैयाँ ४४ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ ४४ पैसा र बिक्रीदर ४३६ रूपैयाँ ४० पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९४ पैसा तोकिएको छ ।