शीर्षकहरू

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।्र