शीर्षकहरू

प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटल बीच छुट सम्झौता

प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटल बीच छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकले आफ्ना कर्मचारीहरूलाई हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता गरेको छ ।  मंगलबार समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मती प्रदेशका प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यद्वारा  हस्ताक्षर गरियो ।

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरूले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । विशेष गरी महिला कर्मचारीहरूलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । महिला कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको सो समारोहमा  स्तन सम्बन्धी क्यान्सरका डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सर की डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए ।

ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् । प्रभु बैँक छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

त्यहाँसम्म सजिलै पर्यटन पुग्न सक्ने वातावरण बनाउन सरकारी निकाय एवम् स्थानीयले जोड दिनुपर्ने देखिन्छ। शैलुङ्ग डाँडा दोलखावासीको मात्रै नभएर नेपालकै सम्पत्तिको रुपमा लिएर यसको विकास तथा संवर्द्धन गर्नुपर्छ । यसको विकास तथा संरक्षण  गरि पर्यटनमा वृद्धि गर्न सके सो क्षेत्रको आर्थिक विकासमा नै पनि शैलुङ्गले महत्त्वपूर्ण योगदान दिन सक्छ ।

शैलुङ् पुग्ने पैदल यात्री लगायत सवारी साधनको प्रयोग गर्ने तिर्थयात्रिलाई सहज हुने गरि शैलुङ् डाँडाको विकास तथा व्यवस्थापन गरिदिनुपर्छ । स्थानीय निकायले पनि  यसको संरक्षण र संवर्द्धनमा पहल गर्नुपर्छ । यसको प्रचारप्रसार गरि पर्यटकको सङ्ख्या बढाउन सकिन्छ । यसको धार्मिक महत्त्व र प्राकृतिक सुन्दरताको बारे आम मानिसलाई  जानकारी दिन सके यो आन्तरिक पर्यटनको एक महत्त्वपूर्ण गन्तव्य बन्नेमा दुई मत हुन सक्दैन ।