शीर्षकहरू

मेटलाइफका ग्राहकलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानमा छुट

मेटलाइफका ग्राहकलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानमा छुट

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकका लागि एक विशेष अभियान सीमित अवधिको लागि सुरु गरेको घोषणा गरेको छ । यस अभियान अन्तर्गत सक्रिय ग्राहकलाई डिजिटल लाइफ कार्ड सेवा उपलब्ध गराइनेछ ।

यो विशेष अफरको लागि योग्य हुन मेटलाइफका ग्राहकले आफ्नो कुनै पनि जीवन बीमा पोलीसीको असार ३१ अघि आफ्नो बीमाशुल्क तिर्नु पर्नेछ । उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्ने मेटलाइफले जानकारी दिएको छ । यो सुविधाद्वारा ग्राहकहरूले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकताहरूलाई पूर्ति गर्न विभिन्न छुटहरुको फाइदा लिन सक्ने विज्ञप्तिमा बताइएको छ ।
 
लाइफ कार्डमार्फत् अस्पताल, क्लिनिक, स्वास्थ संस्था र स्पासहित १०० भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रमा छुट मिल्ने कम्पनीलदे जनाएको छ ।