शीर्षकहरू

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिट खारेज

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध परेको रिट खारेज गरेको छ । 

मंगलबार कुमार रेग्मी, नहकुल सुवेदी अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट खारेज गर्दै मुख्यमन्त्रीमा कार्कीलाई निरन्तरता दिने आदेश दिएको हो ।

गत वैशाख २६ गते तत्कालीन मुख्यमन्त्री सिटौलालाई पदमुक्त गर्दै प्रदेश प्रमुख खापुङले २७ गते कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । खापुङको उक्त निर्णयविरुद्ध सिटौला रिट लिएर सर्वोच्च पुगेका थिए ।

गत असोजमा मुख्यमन्त्री बनेका सिटौलाले आफू संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेकाले पदमुक्त गर्न नमिल्ने बताएका थिए ।