शीर्षकहरू

नेप्सेमा सकारात्मक सर्किट, कारोबार रकम भने घट्यो

नेप्सेमा सकारात्मक सर्किट, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक भने ५.६० अंक बढेर २०७१.७७ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स ०.२० अंक र फ्लोट इण्डेक्स ०.१८ अंकले बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१६ अंकले घटेको छ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ५ अर्ब ७७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आजको कारोबार ४ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

यसदिन १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ । फाइनान्स, बैंकिङ्ग, निर्जीवन बीमा, व्यापार उपसमूह र अन्य उपसमहूको सेयर भने घटेको छ । 

पछिल्ला ४ कारोबार दिनमा निरन्तर हरियाली देखिएको फाइनान्स समूहमा आज करेक्सन देखिएको छ । फाइनान्स उपसमूहको परिसूचक आज सर्वाधिक २.१५ प्रतिशतले घटेको छ