शीर्षकहरू

समितिलाई महान्याधिवक्ताको सुझाव : धितोपत्र बोर्ड अध्यक्षमा २ जनाको मात्रै नाम सिफारिस गर्न मिल्दैन

समितिलाई महान्याधिवक्ताको सुझाव : धितोपत्र बोर्ड अध्यक्षमा २ जनाको मात्रै नाम सिफारिस गर्न मिल्दैन

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि २ जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने सुझाव अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिलाई महान्यायाधिवक्ताको कार्यालयले उक्त सुझाव दिएको हो ।

असार पहिलो साता  धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थ मन्त्रालयमा भएको अन्तर्वार्तामा ‘सर्ट लिस्ट’ मा परेका पाँच जनामध्ये २ जना मात्रै उपस्थित भएका थिए । बोर्ड अध्यक्षका लागि छनोटमा परेका पाँच जनामा बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, साविक बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ  अनुपस्थित भएका थिए भने मुक्तिनाथ श्रेष्ठ र सन्तोष श्रेष्ठले मात्रै अन्तर्वार्ता दिएका थिए ।

सिफारिस समितिले अध्यक्ष नियुक्तिका लागि अनिवार्य ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान भएकाले समितिले उक्त विषयमा महान्यायाधिवक्ताको राय मागेको थियो ।

सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने अन्यथा प्रक्रिया रद्द गर्नुपर्ने सुझाव दिएको छ ।