शीर्षकहरू

आज अमेरिकी डलर र पाउण्ड स्टर्लिंग कति छ ?

आज अमेरिकी डलर र पाउण्ड स्टर्लिंग कति छ ?

 काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५९ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर १६९ रुपैयाँ ४७ पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८ रूपैयाँ ३९ पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २८ पैसा र बिक्रीदर २८ रूपैयाँ ४१ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ ४२ पैसा र बिक्रीदर ४३६ रूपैयाँ ३७ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०५ पैसा तोकिएको छ ।