शीर्षकहरू

नेपालमै एसेम्बल हुण्डाइ भेन्यु चार लाख सस्तो, ७ प्रतिशत फाइनान्समै किन्न सकिने

नेपालमै एसेम्बल हुण्डाइ भेन्यु चार लाख सस्तो, ७ प्रतिशत फाइनान्समै किन्न सकिने

काठमाडौं । हुन्डाइ भेन्युको मूल्य चार लाख घटेको छ । नेपालमा एसेम्बल हुन थालेपछि कम्पनीले हुन्डाइ भेन्यु १.२ (एस) र भेन्यु १.२ (एसएक्स)को मूल्य घटाएर नयाँ मूल्य सार्वजनिक गरेको छ ।

नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटरले सार्वजनिक गरेको मूल्यअनुसार अब भेन्यु एस  ४४ लाख ९६ हजार र भेन्यु एसएक्स ५३ लाख ५६ हजार निर्धारण भएको छ । यसअघि भेन्यु एसको मूल्य ४८ लाख ९६ हजार र एसएक्सको मूल्य ५७ लाख ९६ हजार रहेको थियो ।

कम्पनीले नयाँ मूल्य सार्वजनिक गर्दै गाडी बेच्न सुरु गरेको छ । यससँगै कम्पनीले ६.९९ प्रतिशत फाइनान्स गरेर गाडी किन्न सकिने ग्राहकमुखी योजना पनि ल्याएको छ । जसमा १० वर्षको नि:शुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी हुने जानकारी कम्पनीले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।