शीर्षकहरू

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले दुई हजार ६६.१६ अंकमा पुगेर शेयर बजार बन्द भएको छ ।

यसदिन कारोबार रकम पनि बढेको छ । आइतबार  ४ अर्ब ३७ करोड रुपैयाँको ९५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ । वित्त समूहको सर्वाधिक  २.११ प्रतिशत बढेकोमा  जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक एक प्रतिशतभन्दा कमले बढेको छ । विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक वृद्धि भने १ प्रतिशत माथि छ । बैंकिङ्ग, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

यस दिन नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.०१ प्रतिशतले गुमाएका छन् ।

सोमबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा मेरो माइक्रोफाइनान्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, पोखरा फाइनान्स, माउन्टेन इनर्जी नेपाल र मञ्जुश्री फाइनान्स छन् ।