शीर्षकहरू

नेशनल लाइफको नयाँ बोनस दर न्यूनतम ६३ रूपैयाँदेखि ८५ रूपैयाँसम्म

नेशनल लाइफको नयाँ बोनस दर न्यूनतम ६३ रूपैयाँदेखि ८५ रूपैयाँसम्म

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सोमवार नयाँ बोनस दर सार्वजनिक गरेको छ । नयाँ बोनस दर अनुसार कम्पनीले प्रतिहजार बीमांकमा न्यूनतम ६३ रूपैयाँदेखि ८५ रूपैयाँसम्म वितरण गर्ने भएको हो ।

 गत आर्थिक वर्ष ०७९÷८० को बीमाङ्कीय प्रतिवेदनका आधारमा कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ६४ रूपैयाँदेखि ८५ रूपैयाँ बोनस दर कायम गरेको छ । ९ वर्ष , १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिको सावधिक जीवन बीमालेखमा कम्पनीले प्रतिहजार ६४ रूपैयाँ बोनस दर कायम गरेको छ । 

त्यस्तै २१ देखि २५ वर्षका लागि ७० रूपैयाँ र २६ देखि २९ वर्ष तथा ३० देखि सोभन्दा माथी अवधिको सावधिक जीवन बीमालेखमा ८५ रूपैयाँ बोनस दर वितरण गर्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

त्यस्तै सावधिक तथा आजीवन बीमालेखमा ९ वर्ष, १० देखि १४ वर्ष, १५ देखि २० वर्षका लागि ६४ रूपैयाँ बोनस दर तय गरेको कम्पनीले २१ देखि २५ वर्ष अवधिका लागि ७० रूपैयाँ र २९ देखि १९ वर्षका साथै ३० देखि माथी अवधिका सावधिक तथा आजीवन बीमालेखमा ८५ रूपैयाँ बोनस दर निर्धारण गरेको हो । त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा भने कम्पनीले न्यूनतम ६३ रूपैयाँदेखि ६४ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ ।

 यस बीमालेख अन्तर्गतट ९ वर्ष र १० देखि १४ वर्ष अवधिको लागि ६३ रूपैयाँ, १५ देखि २० , २० देखि २५, २६ देखि २९ र ३० वर्ष अवधिभन्दा माथीको अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ६४ रूपैयाँ बोनस दर वितरण गर्ने जानकारी कम्पनीले दिएको छ ।