शीर्षकहरू

एनआईसी लघुवित्तले निफ्रामा रहेको १ लाख ८ हजार कित्ता शेयर बेच्दै

एनआईसी लघुवित्तले निफ्रामा रहेको १ लाख ८ हजार कित्ता शेयर बेच्दै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १ लाख ८ हजार कित्ता शेयर बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेको छ । 

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि निवेदन सञ्चालक समितिको बैठकमा पेस गरी रित पुर्‍याइ बैंकले शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । 

बैंकले सोमबार सूचना जारी गरी संस्थापक शेयरधनीलाई शेयर खरीदका लागि आह्वान गरेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरीदका लागि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं-१० बानेश्वर स्थित कानुन विभागमा लिखित निवेदन दिन जानकारी गराएको छ ।

संस्थापक शेयरधनीले शेयर खरीद नगरेकोमा उक्त समायवधिपछि कम्पनीले सर्वसाधारण व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाउने छ ।