शीर्षकहरू

एनआईसी एशिया बैंक बन्यो पीसीएएफको सदस्य

एनआईसी एशिया बैंक बन्यो पीसीएएफको सदस्य

काठमाडौं । एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल (पीसीएएफ)को सदस्य बनेको छ । आइतबार उक्त जानकारी गराउँदै बैंकले पीसीएएफको सदस्य बन्न पाउँदा गर्व महसुस गरेको बताएको छ ।

पीसीएएफ विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो, जसले ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र जानकारी गराउँछ ।

६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग पीसीएएफले सहकार्य गरिसकेको छ ।पीसीएएफको सदस्य बनेसँगै अब एनआईसीले आफ्नो कार्बनको पारदर्शी मूल्यांकनमार्फत वातावरणीय दिगोपनको प्रतिबद्धतामा जोड दिनेछ ।

पीसीएएफको सदस्य बनेपछि बैंकका सीईओ रोशनकुमार न्यौपानेले भने, 'विश्व वातावरणमैत्री अभ्यासतर्फ अग्रसर भएकाले एनआईसी एशिया बैंक पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्न, रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु मैत्री रणनीतिह निर्माण गर्न प्रतिबद्ध छ ।'