शीर्षकहरू

मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्दा दर्ता, साढे ३८ करोड बिगो दाबी [सूचीसहित]

मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्दा दर्ता, साढे ३८ करोड बिगो दाबी [सूचीसहित]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले  जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएसँगै मुख्यमन्त्री अर्याल स्वत: निलम्बनमा परेका छन् ।

अख्तियारले अर्यालसहित रितेश शाक्य, टंक पाण्डे, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ र केशव शर्मालाई विपक्षी बनाएको छ । यस्तै यसअघि अनुसन्धानको दायरामा तानिसकेका विकल पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

सञ्चार मन्त्रालयले २०७९ असोज ४ गते आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो । त्यसको दुई महिनापछि मंसिर २६ गते ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर प्रतिथान ८९ पैसाका दरमा छाप्ने गरी प्रिन्टसेल प्रालिले उक्त ठेक्का पाएको थियो ।  त्यसबेला सञ्चार सचिव थिए अर्याल ।

त्यसबेला सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेका विकल पौडेल यसअघि नै दोषी ठहर भइसकेका छन् । उनलाई विशेष अदालतले  वर्ष कैद र २५ करोड जरिवाना सजाय निर्धारण गरेको छ ।

२०८० वैशाखमा अख्तियारले विकलसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा गत जेठ ८ गते विशेष अदालतले विकलसहित नविनकुमार पौडेल, रोहितमान प्रधान र भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।

अदालतले उक्त भ्रष्टाचार मुद्दामा मुछिएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय र मित्रलाल पुरीलाई भने सफाइ दिएको थियो ।