शीर्षकहरू

विजय लघुवित्तले एफपीओ जारी गर्ने

विजय लघुवित्तले एफपीओ जारी गर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । एफपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते १५औँ वार्षिक साधारण सभा बोलाएको छ । धुलिखेल काभ्रेपलान्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । 

सभाले एफपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाको लागि तय भएको छ । त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालु आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले पारित गर्नेछ । 

साथै संस्थापक तर्फबाट ४ जना र सर्वसाधारणबाट २ जना सञ्चालक नियुक्तिको विषय पनि सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरूमात्र सभामा भाग लिन सक्नेछन् ।