शीर्षकहरू

रिलायन्स फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

रिलायन्स फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड १४ लाख रूपैयाभन्दा बढी रहेको छ । कम्पनीले आगामी वार्षिक साधारण सभामा पेश गर्न गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नेपाल राष्ट्र बैकसँग अनुमति माग्ने निर्णय समेत कम्पनीले गरेको छ ।