शीर्षकहरू

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो छः सचिव हरिप्रसाद मैनाली

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो छः सचिव हरिप्रसाद मैनाली

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन् । विश्व योग दिवसका अवसरमा जीवन विज्ञान नामको संस्थाले आज आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उनले जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताएका हुन् । 

सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । सचिव मैनालीले भने, “देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग  चुनौती बनेका  छन् । जथाभावी खानपानले रोग बढेको छ ।”

सातदिने शिविरमा सहभागी दुई सय प्रशिक्षार्थीलाई जीवन विज्ञानका प्रशिक्षकद्धय विन्दा आचार्य र प्रदीप प्रणव प्रशिक्षण दिनेछन् ।