शीर्षकहरू

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छ कार्यसूची

काठमाडौं । आन बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने भएको छ । संसद् भवन बानेश्वरमा बैठक बस्ने भएको हो ।  

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । साथै राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।